जब ऋषि कपुरले नीतुलाई रक्सी खाएको तालमा पिट्ने गर्थे…



एजेन्सी : ऋषि कपुरको आज विहान पौने नौ बजे एचएन रिलयान्स हस्पिटलमा निधन भयो । निधन भएसँगै उनको बिगतलाई केलाउन थालिएको छ । रोमान्टिक हिरोको रुपमा कुनै समय निकै चर्चामा रहेका थिए ऋषि आज पनि बलिउडमा उत्तिकै सक्रिय रहेका थिए । ६७ वर्षको उमेरमा निधन भएका ऋषिको वैवाहिक जीवनमा कुनै समय खराब दिन चलेका थिए ।

बलिउड लिजेण्ड ऋषि कपुरलाई रिसाहा स्वभावका अभिनेताका रुपमा पनि चिनिन्छ । प्राय आफ्नो अनुकुल अगाडि बढ्ने आरोप उनीमाथि लागिरहन्छ ।

विवादित बयानका कारण पनि बेलाबेलामा चर्चामा आउने ऋषि कपुरले बलिउडमा लामो समय बिताइसकेका छन् ।

फिल्म ‘मेरा नाम जोकर’ मा काम गरेका उनले आज पनि बलिउडमा उत्तिकै सक्रिय रहेका छन् । सन् १९७२ मा आएको फिल्म ‘बाबी’ बाट भने रातारात स्टार बनेका थिए ।

कुनै समय बलिउडका चकलेटी रोलमा उनको एकलौटी राज रहेको थियो । सन् १९८१ मा नितु सिंहसित उनले पहिलो फिल्म गरेका थिए । त्यसपछि उनीहरुको लगातार फिल्म आएका थिए । लामो समय एकआपससँग काम गरेका कारण पनि हुनसक्छ उनीहरु प्रेममा परे । सन् १९८० मा उनीहरु वैवाहिक बन्धनमा बाँधिए ।

दुई सन्तान छोरी रिद्धिमा र छोरा रणबीरका माता पिताको सम्बन्ध सन् १९९० सम्म एकदमै बिग्रिएको थियो । ऋषिले अत्याधिक रक्सी पिउँन बानीका कारण नितु आजित भइसकेकी थिइन् ।

मिडिया रिपोर्टमा अनुसार उनले नीतुलाई रक्सी खाएको तालमा पिट्ने गर्थे । यसको बिरोधमा नीतुले पतिलाई घरेलु हिंसाको मुद्धा समेत चलाएकी थिईन् ।

ऋषिले नीतुलाई यति टाढा बनाईसकेका थिए कि नीतुले घर नै छाड्नुपर्ने अवस्था समेत आएको थियो ।

लामो समय फिल्मबाट बाहिर रहेकी नीतुले ऋषिको अवरोधलाई चुनौती दिँदै सैलुन खोलेकी थिइन् । आफ्नो लागि पैसाको आवश्यक परेपछि उनले यस्तो निर्णय लिएकी थिइन् ।

दुवैको सम्बन्धमा आएको समस्या कम भयो र नीतु पुनः घर फर्किएर ऋषि र बच्चाहरुलाई सम्हालेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्