एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट



काठमाडौं : एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले ललितपुरको नक्खुस्थित कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् । 

विस्फोट गराउनेको पहिचान हुन नसकेको र अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

विस्फाेटका कारण निजकै रहेकाे फर्निचर पसलमा समेत क्षति पुगेकाे छ । घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्