फेसबुक र ट्विटर बन्द गर्दैछ सरकार ?



काठमाडौं: सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापन गर्न ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ मा गरिएको छ ।

यसअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता हुनुपर्ने प्रावधान विधेयकमा छ। विधेयकको यो प्रावधानले फेसबुक र ट्विटर नेपालमा दर्ता हुन आएनन् भने के सरकारले बन्द गरिदिन्छ ? भन्ने प्रश्न उठेको खवर कान्तिपुरमा छ ।  

शुक्रबार यही विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै कांग्रेस सांसद गगन थापाले सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोजेको आशंका व्यक्त गरे। थापाजस्तै सरकारको नियतमा शंका गर्ने जमात ठूलै छ। सूचना प्रविधि क्षेत्रमा काम गर्ने अधिकांशको एकमत छ, सामाजिक सञ्जाल र तिनलाई सञ्चालन गर्ने कम्पनी नेपालमा दर्ता हुन आउँदैनन्।

किन? यसको उत्तर सहज छ, उनीहरुको तथ्यांकअनुसार नेपालमा उनीहरुलाई फाइदा हुनेगरी कारोबार हुँदैन।

प्रतिक्रिया दिनुहोस्