२२ लाख ४८ हजार अवैध रकमसहित पर्सामा एक पक्राउ



वीरगन्ज– पर्साको सीमावर्ती क्षेत्रबाट छिपहरमाई गाउँपालिकाबाट अवैध रकम २२ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाका टोलीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का २० बर्षिय युवक प्रकाश साहलाई नगर २२ लाख ४८ हजार रुपैया सहित पक्राउ गरेको हो ।

ना ४३ प २८०२ नम्बरको मोटरसाईकलमा सवार साह अवैध रकम बोकी भिस्वाबाट बहुदरमाई नगरपालिको भवराटार तर्फ गईरहेको अवस्थामा छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीमा चेकजाँच गर्ने क्रममा पक्राउ परेको सशस्त्र प्रहरी निरिक्षक हरी पराजुलीले बताए ।

मोटरसाईकलको ट्याक्टीभित्र बनाईएको फल्स बटमा सो रकम लुकाई छिपाई राखेको अवस्थामा चेकजाँच गर्ने क्रममा फेला पारेको उनले बताए ।

पक्राउ परेका साहले १ हजारको नोट २४८ थान, ५ सयको नोट ३२०० सय थान, १ सयको नोट ३ हजार थान र ५० को नोट २ हजार थान गरी कुल २२ लाख ४८ हजार रुपैया ट्याक्टी मुनी लुकाएर राखिएका थिए ।

पक्राउ परेका साहले रकमको श्रोत खोलाउँन नसकेपछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाईएको सशस्त्र प्रहरी निरिक्षक पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्