ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो



एजेन्सी : कोरोना भाइरसको महामारीले ब्राजिलमा ३३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३३७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३३ हजार ८८४ पुगेको छ ।

एकै दिन २८ हजार ८८२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख १२ हजार ८६२ पुगेको छ ।

३ लाख १२ हजार ८४६ जनाको उपचार भइरहेको छ भने २ लाख ६६ हजार १३२ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्