१० जनमा सीमित बार्सिलाेनाकाे सहज जित, मेस्सीकाे ह्याट्रिक पूरा



लिओनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा डच च्याम्पियन पीएसभी इन्डोभानलाई हराएको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पीएसभीलाई ४–० गोल अन्तरले हराएको हो ।

 

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ३१ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । कप्तान मेस्सीले फ्रि किकमा गोल गरेका हुन् ।

 

बाँकी तीन गोल भने दोस्रो हाफमा भयो । खेलको ७४ औं मिनेटमा डेम्बेलेले गोल गरे । ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीदे ८७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनको यो करिअरको ४८ औं ह्याट्रिक हो ।

 

त्यसअघि बार्सिलोनाका डिफेन्डर उम्टिटी दोहोरो पहेँलोसँगै रातो कार्ड पाएर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्