पपुआ न्यू गिनीमा भूकम्प



एजेन्सी : प्रशान्त महासागरको द्विपीय राष्ट्र पपुआ न्यू गिनीमा सोमबार बिहानै ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु कोकोपो शहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको थियो ।

तर कुनै सुनामीको चेतावनी दिइएको छैन । भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्