नेपाललाई २ स्वर्ण, २ रजत र १ कांस्य



काठमाडौं : भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण जितेका छन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र १ कांस्य जितेको छ।

प्रतियोगितामा नेपालका लागि दावा शेर्पा र लक्ष्मण ऐरले स्वर्ण जितेका हुन् भने सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कांस्य हात पारे ।

प्रतिक्रिया दिनुहोस्