नेपाली युवा टोलीको सेमिफाइनल यात्रा कठिन



काठमाडौं : भारतमा जारी डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ फुटबलमा नेपाली युवा टोलीले दोस्रो हार ब्यहोरेको छ। एलएनआइपीई रंगशालामा आइतबार भएको आफ्नो चौंथो खेलमा नेपाल भारतीय क्लब मिजोरानसँग ३–० ले पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा मेघालयसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। खेलको ४२ औ मिनेटमा मिजोरामका लाललुन्ति उआंगाले पेनाल्टीमा गोल गर्दै मिजोरानलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गाेल खायाे।

दोस्रो गोल पनि मिजोरानले मिजोरामले पेनाल्टीमै गरेको थियो। ५७ औ मिनेटमा  नेपाली गोलकिपरले मिजोरानका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा लाहारियाट कुलाले गोल गरे। त्यस्तै तेस्रो गोल खेलको इन्जुरी समयमा रोगुवा कुलाले गरेका थिए। पराजयसँगै नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ। नेपालको ४ खेलबाट ६ अंक छ। शीर्षस्थानमा रहेको मेघालयको समान खेलबाट १० अंक छ। मिजोरामको ३ खेलबाट ७ अंक रहेको छ। यता मनिपुरको समान खेलबाट ६ अंक रहेको छ। नेपालले अन्तिम खेलमा भोली सोमबार नागल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो खेलमा मेघालयसंग ३–२ ले हारेको नेपालले दोस्रो खेलमा त्रिपुरा क्लबलाई ८–० र तेस्रो खेलमा मनिपुरलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। ११ टोलीलाई दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। समूह ‘ए’ मा ५ र समूह ‘बी’ मा ६ टोली छन्।

प्रतिक्रिया दिनुहोस्