दीपिका पादुकोणले पूर्वप्रेमीको तस्बिर शेयर गरेपछि पति रणबीरले दिए यस्तो प्रतिक्रिया



एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । लकडाउनका कारण दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् ।

हालै उनले पूर्व प्रेमी रणवीर कपूरसँगको तस्बिर शेयर गरेकी छिन् । उनले सात वर्ष पुरानो तस्बिर शेयर गरेकी हुन् । तस्बिर फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको थियो । उनले यो तस्बिर फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा शेयर गरेकी हुन् ।

उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ… एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन । : नैना तलवार’

दीपिकाको उक्त तस्बिरमा पति रणबीर सिंहले प्रतिक्रिया जनाएका छन् । तस्बिरमा रणबीरले ‘क्युट’ भनेर लेखेका छन् । यसैगरी, बलिउडका डिजाइनर मनीष मल्होत्राले दिल र स्माइली इमोजी कमेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्