बायर्न जर्मन कपको फाइनलमा प्रवेश



एजेन्सी : बायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कोरोनाको माहामारीकाबीच जारी सेमिफाइनलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न फाइनल प्रवेश गरेको हो ।

बायर्न लगातार तेस्रो सिजन जर्मन कपको फाइनलमा पुगेको हो । अब उपाधिका लागि बायर्नले बायार लेवरकुसनसँग खेल्नेछ । बायर्न र लेवरकुसनको फाइनल खेल जुलाई ४ मा बर्लीन ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्