प्रिमियर लिगका थप एकलाई कोरोना पुष्टि



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलका थप एक जनालाई कोरोना पुष्टि भएको छ। प्रिमियर लिगले पछिल्लो पटकको परिक्षणमा एक जनामा कोरोना देखिएको जनाएको छ ।

पछिल्लो पटक १२ सय १३ खेलाडी र स्टाफमा परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।
कोरोनाको कारण गत मार्चबाट स्थगित लिग सुचारुको मिति तय भएसँगै खेलाडी र स्टाफको परिक्षण गरिएको हो ।

प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्