च्याम्पियन्स लिग र युरोपा लिगबारे निर्णय अर्को साता



एजेन्सी : यूईएफए च्याम्पियन्स लिग र युरोपा लिग फुटबलबारे अर्को साता निर्णय हुने भएको छ ।

युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले कोरोनाका कारण स्थगित च्याम्पियन्स लिग र युरोपा लिगबारे अर्को साताको बैठकले ठोस निर्णय गर्ने जनाएको छ ।

यूईएफएले च्याम्पियन्स लिगसहित अन्य लिगबारे निर्णय गर्न जुन १७ मा बैठक बस्ने जनाएको छ ।

बैठकले च्याम्पियन्स लिग, युरोपा लिगसहित वुमन्स च्याम्पियन्स लिग, यूईएफए युथ लिग लगायतका प्रतियोगिताबारे निर्णय गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्