सरकारविरुद्ध नेपाली कांग्रेसको यदुकुहामा विरोध प्रदर्शन



जनकपुरधाम : नेपाली काँग्रेस शहिदनगर नगर कार्यसमितिद्वारा आज (सोमबार) धनुषाको यदुकुहामा तिनै तहको सरकार बिरुद्ध मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गरिएको छ।

र्यालीमा सहभागिहरुलै सबैला प्रहरी कार्यालयमा झुन्डिएको दलित शम्भु सदालाई न्याय देउ ! उच्चस्तरीय छानबिन समिति गठन गर ! दोषीलाई कारबाही गर ! मृतकको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर ! लगायतका नारा लगाएका थिए ।

साथै उनीहरुले जटही नाकामा भोकै ज्यान गुमाएका बिरेन्द्र गुरमैता यादवको परिवारलाई उचित क्षतिपुर्ती प्रदान गर्न ,लकडाउन अवधिभरको कर मिनाहा गर्न,व्यापारीहरुलाई राहतको घोषणा गर्न,क्वारेन्टाइन,आइसोलेसन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थापन गर्न र पीसीआर चेकजाँचको दायरा बढाउन समेत सरकारसँग माग गरेका छन् ।

यसका साथै सिमानाकामा फँसेका नागरिकहरलाई शिघ्र उद्धार गर्नुपर्ने,कोरोना अस्पताल अतिशिघ्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने,गरिब मजदुरहरुलाई राहत प्याकेजको व्यवस्थापन गर्नुपर्ने र वैदेशिक रोजगारी तथा अध्ययनको क्रममा विदेशमा फँसेका नेपाली नागरिकहरुको शिघ्र उद्दार गर्न समेत माग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता देवेन्द्र भरखेर यादव, नेविसंघका पुर्व केन्द्रिय सदस्य साधु गोइत, नेविसंघ धनुषाका नेता पुष्पेन्द्र गोइत यादव,नेपाल तरुण दलका युवा नेता सर्वजित यादव,अजित मरिक,सन्तोष यादव,राहुल मरिक, पुरुषोत्तम गोइत लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्