मेस्सी र फातीको गोलमा बार्सिलोना विजयी



एजेन्सी : स्पेनिस ला लिगामा मंगलबार रातिको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा २-० को जीतसँगै बार्सिलोनाले शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।

खेलको ४१ औं मिनेटमा अन्सु फातीको गोलमा अग्रता लिएको बार्सिलोनाले ६८औँ मिनेटपछि अग्रता दोब्बर पार्‍यो।

लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

त्यसअघि ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन् ।

जीतसँगै बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्