कनेक्ट आइपिएसको दैनिक कारोबार २ अर्ब नाघ्यो



काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएस विद्युतीय भुक्तानी प्रणालीमार्फत् हुने दैनिक कारोबार दुई अर्ब रुपैयाँ नाघेको छ । एनसीएचएलले २०७५ वैशाखदेखि सञ्चालनमा आएदेखि पहिलोपटक जेठ २६ बाट दैनिक दुई अर्ब रुपैयाँको कारोबार हुन थालेको जनाएको हो ।

यो रकम रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबैभन्दा बढी कारोबार हो । विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आईपीएस विद्युतीय भुक्तानीको मासिक कारोबारमा संख्या र मूल्यका आधारमा क्रमशः ७५ र १८६ प्रतिशतले वृद्धि भएको छ ।

उक्त प्रणालीमा गत चैत, वैशाख र जेठको कुल मासिक कारोबार क्रमश १३.८ अर्ब, २४ अर्ब र ३९.५ अर्ब रहेका छन् । जसमध्ये ६४ प्रतिशत कारोबार एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमार्फत् कारोबार पेस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्