भक्तपुर परिसरमा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं : महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत एक जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट परिसरमा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्‍टि भएको हो ।

सञ्‍चार शाखाका कार्यरत संक्रमित जवान लकडाउन सुरु भएपछि उपत्यका बाहिर गएका छैनन् । फिल्ड ड्युटीमा पनि नखटिने हुनाले उनलाई कसरी संक्रमण भयो भन्‍ने खुल्न सकेको छैन ।

महानगरीय प्रहरी परिसर भक्तपुर स्रोतका अनुसार चार दिनअघि आरडीटीबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएपछि उनलाई कार्यालय परिसरमा छुट्टै राखिएको थियो ।

संक्रमित जवानलाई शुक्रराज ट्रफिक तथा सरुवा रोग अस्पताल टेकुको आईसोलेशनमा पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्