राजपुतको नामअघि इन्स्टाग्रामले जोड्यो ‘सम्झना’



एजेन्सी– इन्स्टाग्रामले अभिनेता सुशान्त सिंह राजपुतको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा उनको नाम अगाडि ‘सम्झना’ लेखिदिएको छ ।

अर्थात् अब सुशान्तको इन्स्टाग्राम अकाउन्टमा कुनै दोस्रो व्यक्तिले लग इन गर्न पाउने छैन ।

योसँगै उक्त व्यक्तिको फलोअर्स, पछिल्लो समय राखिएको डिस्प्ले पिक्चर र प्राइभेसी सेटिङमा पनि दोस्रो व्यक्तिले चलाउने अनुमति पाउने छैन ।

गत आइतबार राजपुत आफ्नै कोठामा मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्