वैशाख २७ बाट पसिनामा छुल्ठिमले कमर मर्काउने



काठमाडौं : बहुप्रतीक्षित नेपाली चलचित्र ‘पसिना’ प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी वैशाख २७ गते नेपालभरि प्रदर्शनमा आउने पसिनामा नायक गौरव पहाडी र नायिका अनु शाहको जोडी देखिनेछ । लामो समयदेखि रिलिजको प्रतीक्षामा रहेको फिल्म केही समयसम्म प्राविधिक कारणले अड्किए पनि बक्सअफिससम्म पुग्दा धेरै नयाँ कुराहरू जोडिन पुगेको बताइएको छ ।

ननस्टप क्रिएशनको ब्यानरमा बनेको यो फिल्मको निर्देशन आरबी खत्री रहेका छन् । कथा निर्देशक खत्रीकै छ । फिल्ममा सुनेको दरबारहरू बोलको गीतमा छुल्ठिम गुरुङको आइटम डान्स छ । मजदुरको जीवनका आरोहअवरोहबारे फिल्ममा बडो यथार्थपरक ढंगले दोखाइएको र यसले धेरै नेपालीहरूको वास्तविकतालाई प्रतिनिधित्व गर्ने हुँदा दर्शकलाई मनपर्ने फिल्मका निर्माता सञ्जय महतोले बताए । 

फिल्मका अर्का निर्माता शान्ता ढकाल छिन् ।

फिल्ममा पहाडी र शाहसँगै सरोज खनाल, सरोज अर्याल, एसएसपी रिजाल उर्फ जोगिन्दर, सुरजनी केसी, रवि गिरीलगायतका कलाकार छन् । 

राम केसीको छायांकन रहेको फिल्ममा राजनराज शिवाकोटी, दीपक शर्मा र थिरज राईको संगीत छ ।  

प्रतिक्रिया दिनुहोस्