ब्राजिलमा कोरोना संक्रमित ११ लाख नाघे



एजेन्सी : ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख नाघेको छ ।

वर्ल्डोमिटरका अनुसार सोमबार थप २४ हजारमा संक्रमण भेटिएसँगै कुल संख्या ११ लाख ११ हजार पुगेको हो । बितेको २४ घण्टामा ७ सय ४८ जनाको मृत्यु भएको छ ।

ब्राजिल कोरोनाबाट विश्वमै दोस्रो धेरै प्रभावित देश हो । एक नम्बरमा अमेरिका ।

ब्राजिलमा कोरोनाबाट हालसम्म ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ भने ५ लाख ७९ हजार उपचारपछि निको भएका छन् । ४ लाख ८० हजार एक्टिभ केस छ ।

प्रतिक्रिया दिनुहोस्