कुवेतबाट झापा फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार झापामा संक्रमण पुष्टि भएका १२ जनामध्ये सरकारले कुवेतबाट उद्धार गरि ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् ।

उनीहरु सबै जना आ–आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्दै आएका थिए ।

संक्रमित हुनेमा झापाको मेचीनगरका ३ जना महिला र बुद्धशान्ति नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, हल्दीबारीका २ जना महिला र कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् । ती मध्ये मेची नगरकी एक महिला र चार पुरुष भारतबाट आएकाहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्