ब्राजिलमा कोरोनाबाट एकैदिन १३सय भन्दाबढिकाे मृत्यु, ४० हजार संक्रमित



एजेन्सी : ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मंगलबार १ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ । ४० हजार नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिल कोरोनाबाट दोस्रो धेरै प्रभावित देश हो । एक नम्बरमा अमेरिका ।

ब्राजिलमा कोरोनाबाट हालसम्म ११ लाख ५१ हजार संक्रमित छन् भने ५२ हजार ७ सय ७१ जनाको मृत्यु भैसकेको छ । ६ लाख १३ हजार उपचारपछि निको भएका छन् । ४ लाख ८५ हजार उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्