विश्वमा कोरोना प्रभावित देशमध्ये भारत चौथो, संक्रमित र मृत्युदर उच्च



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च हुँदै गएको छ ।

वर्ल्डोमिटरका अनुसार मंगलबार एकैदिन संक्रमणबाट ४ सय ६८ जनाको मृत्यु भएको छ । १५ हजार ६ सय ६५ जना संक्रमित थपिएका छन् ।

भारत कोरोनाबाट विश्वमा चौथो धेरै प्रभावित देश हो । पहिलो, दोस्रो र तेस्रोमा क्रमश अमेरिका, ब्राजिल र रसिया छन् ।

भारतमा कोरोनाबाट हालसम्म ४ लाख ५६ हजार संक्रमित भएका छन् । १४ हजार ४ सय ८३ जनाको मृत्यु भैसकेको छ । २ लाख ५८ हजार उपचारपछि निको भएका छन् । १ लाख ८३ हजार उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्