ललितपुर महानगरपालिकाको बजेट ४ अर्ब ७९ करोड



ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजक गरेको छ । बुधबार महानगरपालिका मेयर चिरीबाबु महर्जनले ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा करसम्बन्धी नयाँ कार्यक्रमहरू पनि समावेश भएका छन् । विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ ।

यसैगरी महानगरले सम्पत्ति करमा कडा रुपमा प्रस्तुत हुने नीति लिने भएको छ । बैङ्कमा खाता खोल्न, खानेपानीको धारणा जडान गर्नेलगायत कामका लागि सम्पत्ति कर चुक्ताको प्रमाण पत्र पेश गर्नैपर्ने नीति लिने महानगरले बताएको छ ।

यसका लागि सम्बन्धित कार्यालयहरूसँग समन्वय गरिने महानगरको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्