रौतहटमा दुई जना वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण



रौतहट : आइतबार रौतहटमा दुई जना वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्लाको बौधीमाई नगरपािलकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र साता जना कर्मचारी गरि १४ जनामा कोरोना संक्रमण भएको जनस्थास्थ्य कार्यालयका प्रमुख महेश साहले पुष्टि गरेका हुन् ।

यसैगरी जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि बौधामाई र ईशानाथ नगरपालिका सिल गरिएको छ ।

आइतबारदेखि बौधीमाई र ईशानाथ नगरपालिकालाई सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्