हसन रुहानीले भने- ‘इरान आफ्नो सबैभन्दा कठिन चरणमा छ’



एजेन्सी– इरानका राष्ट्रपति हसन रुहानीले इरान अहिलेको सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

उनले कोभिड–१९ को महामारी र अमेरिकाले लगाएको कडा प्रतिबन्धलाई जिम्मेवार ठहराएका छन्। उनले भने– ‘महामारीले उनको अर्थव्यवस्थामा धेरै चुनौती खडा गरेको छ, जुन अमेरिकी प्रतिबन्धका कारण पार गर्न अझ गाह्रो भएको छ।’

इरानमा आइतवारको आफ्नो प्रसारण कार्यक्रममा रुहानीले भने– ‘शत्रु देशले सिर्जना गरेको आर्थिक दबाब र महामारीका कारण यो वर्ष इरानको लागि सबैभन्दा कठिन समय हो।’

उनले भने– ‘२०१८ मा गठन हुन लागेको आर्थिक दबाब अब बढेको छ र वर्तमान समय हाम्रो देशका लागि सबैभन्दा कठिन समय हो।’

चीन पछि र युरोप भन्दा पहिले कोरोना भाइरस महामारीले इरानलाई गम्भीर प्रभाव पारेको थियो।

आइतवार इरान स्वास्थ्य विभागका प्रवक्ता सिमा सआदत लारीले भने कि इरानमा अहिलेसम्म २ लाख २२ हजार ६ सय ६९ जना कोरोना संक्रमणका घटनाहरू दर्ता भएका छन् र कोभिड–१९ को कारण १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

हसन रुहानीका अनुसार आगामी आइतवारदेखि भीडभाड भएका स्थानहरूमा र रेड जोनमा मास्क लगाउन अनिवार्य गरिनेछ।

२०१८ मा अमेरिकाले इरान आणविक सम्झौताबाट बाहिर निस्केर इरानमा धेरै प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्