सुर्खेतमा विद्युत पावर हाउस भत्किँदा एक महिलाको मृत्यु



सुर्खेत : आइतबार रातिदेखि आएको वर्षाका कारण पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरो जाँदा विद्युतको पावर हाउस भत्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सोमबार बिहान २ः३० बजे पहिरो जाँदा पञ्चपुरी नगरपालिका–६ भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।

पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

खमारी खोला जलविद्युत आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । डम्मर र नन्दा श्रीमान् श्रीमती हुन् । उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।

डीएसपी घर्तीका अनुसार घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको र उनको बाबियाचौर अस्पतालमा उपचार भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्