पहिरोले घर पुरिंदा बाबु छोराको मृत्यु, आमा गम्भिर घाइते



दार्चुलाः दार्चुलामा पहिरो जाँदा घर पुरिएर २ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर नौगाड गाउँपालिका ४ होपरीका २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा शुसान्त महताको मृत्यु भएको हो ।

नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दका अनुसार पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते भएकी छिन् । उनलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

नौगाड गाउँपालिका ४ होपरीमा गएराती घरमाथि रहेको जलविद्युतको नहर भत्किदा पहिरो गएको हो । पहिरोले अन्य ३ घरसमेत पुरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्