नागरिकता संशोधन विधेयक पारित गर्न लागेको विरोधमा पर्साका नागरिक समाज सडकमा



वीरगन्जः सरकारले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन नागरिकता संशोधन ऐन विधेयक पारित गर्न खोजेको भन्दै पर्सा जिल्लाका नागरिक समाजका अगुवाहरु आन्दोलित भएका छन् ।

समुदाय, शिक्षक संघ, राजनितिक कर्मी, बार एशोएसन पर्सा लगातय विभिन्न संघ संगठनहरु द्धारा गठित नागरिक अभियान समाज पर्साले सोमबार वीरगन्जमा विरोध कार्यक्रमको आयोजना गरी सरकारले ल्याउँन लागेको विभेदकारी निति अविलम्ब रोक्नु पर्ने माग गरेका हुन् ।

सरकारले पारित गर्न लागेको नागरिकता सम्बन्धी विधयेक राजनितिक समस्या मात्र होईन समाजिक समस्या उत्पान्न हुने गरेकोले सम्पूर्ण समाज एकभएर सरकारको विरोध गरे मात्र नागरिकता विधयेक फिर्ता हुने कार्यक्रममा सहभागि बक्ताहरुले जोड दिएका छन् ।

नेपाल भारत संगको सम्बन्ध रोटीबेटीको मात्र होईन, विरोध कार्यक्रमका बक्ताहरुले भने, भारत संगको सम्बन्ध परापुरक कालदेखि नै चल्दै आएको हुनाले यसलाई तोड्न मिल्दैन यदी कसैले नागरिकताको आड्मा सम्बन्ध तोड्ने प्रयास गरे त्यसको परिमाण नराम्रो हुने छ ।

विरोध कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सरकारले विभेदकारी नागरिकता विधयेक लागु गरेर तराई मधेसको संस्कृति माथि प्रहार गर्ने काम गरेको आरोप लगाए । सदियौं देखि चलि आएको परम्परा, भारत र नेपालको बैवाहिक, धार्मिक, परिवारीक र सांस्कृति सम्बन्ध रहेको छ र त्यो सास्कृति माथि नागरिकता विधयेक ल्याई बेरियर लगाउँने काम गर्न खाजेको उनले बताए ।

केहि फेसबुकियाले दुई सिमाविच तारवार लगाउँने भनि रहेका छन्, उनले भने, दुई देशको सम्बन्धलाई कमजोर बनाउँनको लागि सरकारले रचेको चक्र भ्यू तोड्नको मधेसी जनता सचेत र चनाखो हुनुपर्ने छ । जनता समाजवादी पार्टीका नेता समेत रहेको सांसद यादवले भने, केपी ओलीको सरकारलाई गलाउँनको लागि सडक तताउँनुका साथै संसदको घेराबन्दीसमेत गर्नेछौं ।

विरोध कार्यक्रममा पर्सा जिल्लाका राजपुत, सोनार, कुर्मी, यादव, धानुक, ब्राहमण, रौनियार, ठाकुर, तेली, बरई, मुस्लिम, मारवाडी समाज लगायत विभिन्न संघ संगठनका अगुवाले सम्बोधन गर्दै नागरिकता विधयेक फिर्ता गराउँन प्राणको आहुती दिन समेत तयार रहेको चेतावनी दिए ।


अभियानको नेतृत्व गरेका नेपाली काँग्रेस पर्साका जिल्ला सभापती अजय दुवेदीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा पूर्व सांसद अनिल रुगंटा, प्रदेश २ का प्रदेश सांसद ओमप्रकाश शर्मा, राजेश्वर तेली, जनता समाजवादी पार्टीका नेता निजामुदीन समानी, शशिकपुर मियाँ, रामनरेश यादव, सुन्दर कुर्मी, बार एशोसिएशनका अध्यक्ष सुधिर कर्ण, समाजका अगुवा दिपक शाक्य लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्