नागरिकता विधेयकबिरुद्ध जनमत पार्टीको विरोध प्रदर्शन



रुपन्देहीः नागरिकता विधेयकबिरुद्ध जनमत पार्टीले रुपन्देहीमा विरोध प्रदर्शन गरेको छ ।

नेपाल सरकारद्वारा जारी गरिएको विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने प्रावधानको विरुद्ध जनमत पार्टी रुपन्देहीले विरोध प्रदर्शन गरेको हो ।

त्यसै क्रममा आज (सोमबार) नागरिकता विधेयक ऐन संशोधन बिरुद्ध भैरहवामा पनि नेता कार्यकर्ताहरु उपस्थिति भई विभेदकारी नागरिकता विधेयक बिरुद्ध र्याली निकाली परिक्रमा गरेका छन् ।

परिक्रमा हनुमान मन्दिरदेखि, मिलान चोक हुँदै, बुद्ध चोक, देवकोटा चोक, बैंक रोडदेखि पाबन मिष्ठान्न सम्म भएको थियो । विरोध र्याली कोणसभामा परिणत भएको थियो ।

आजको कार्यक्रममा जनमत पार्टीका नेता तथा जिल्ला इन्चार्ज रामकेश गुप्ताले अध्यक्षता गरेका थिए । त्यस्तै प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादव रहेका थिए । जिल्ला सदस्य चन्द्रशेखर सोनर, दिलिप कुमार यादव, संजय कुमार मिश्र, विष्णु चौधरी, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य शाक्यायन विकास प्रसाद लोधको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालक रहेका शिवचारन केवटले उपस्थित सम्पूर्ण नेता, लिडर, कार्यकर्ता तथा जनतालाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्