कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ ।

१४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जनको निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

कोभिड–१९ का कारण महाधिवेशन कार्यतालिका नै प्रभावित बनेपछि यसअघिकै क्रियाशील सदस्यलाई कायम राखेर तोकिएकै मितिमा महाधिवेशन गर्ने विकल्प कांग्रेसमा अघि सारिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म तय गरिएको थियो । तर, कोभिडका कारण महाधिवेशनका कार्यतालिकाअनुसारका काम हुन पाएका छैनन् ।

आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा नयाँ विकल्पका बारेमा छलफल हुने नेताहरुले जनाएका छन् ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्