नागरिकता विधेयक विरुद्ध काठमाडौंमा जनप्रदर्शन



काठमाडौं : काठमाडौं लगायत देशका अन्य ठाउँमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय र सरकारद्वारा गठित राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको नागरिकसम्बन्धी विधेयकको विरुद्धमा जनता समाजवादी पार्टीले मंगलबार दिउँसो १ बजे देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, शरद्सिंह भण्डारी, हिसिला यमिलगायत थुप्रै युवा एवं महिला नेतृहरुको सहभागी रहेको थियो ।

नागरिकता विधेयक आम मधेशी, मुस्लिम, थारु र जनजाति समुदायको जनभावना विरुद्ध आएको र संघीय लोकतान्त्रिक गणतान्त्रि संविधानको मर्म विरुद्ध समेत भएकोले उक्त नागरिकता विधेयकको विभेदकारीको सम्पूर्ण प्रावधानहरु खारेजी हुनुपर्ने उपस्थित शीर्ष नेताहरुले जोडदार रुपमा आफ्नो मन्तव्य राखेका थिए ।

This image has an empty alt attribute; its file name is 106280888_582687742437084_8302472569056142931_n.jpg
This image has an empty alt attribute; its file name is 106372061_845213946003081_2480444265151900916_n.jpg
प्रतिक्रिया दिनुहोस्