जसपाले जनकपुरमा जलायो प्रधानमन्त्री ओलीको पुत्ला



जनकपुरधामः जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले आज (मंगलबार) साँझ जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

नागरिकता विधेयक खारिज गर्नुपर्ने माग गर्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले जनकपुरको भानुचोेकमा प्रधानमन्त्री केपी ओली राजीनामा दे,प्रधानमन्त्री ओली मुर्दावाद लगायतको नारा लगाउँदै उनको पुत्ला जलाएका हुन् ।

पुत्ला दहन कार्यक्रममा सहभागीहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब वंशजको आधारमा नगरिकता दे,नागरिकता विधेयक बिखण्डनकारी हो,२०६३ को नागरिकता ऐन कायम गर,नागरिकलाई अनागरिक बनाईराख्नु असंबैधानिक हो,नेपाल नागरिकता ऐन २०६३ कै व्यवस्थालाई निरन्तरता देउ,नागरिकता विधेयक खारिज गर साम्प्रादिकता बन्द गरलगायतका नाराहरु लगाएका थिए ।

प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा जसपाका कार्यकर्ता र प्रहरीबिच केहिबेर झडप समेत भएको थियो । पुत्ला दहन कार्यक्रममा जसपाका युवा नेताहरु प्रशान्त झा,नविन यादव,किशन साह,दिपु कापडी,पुजल महुवारलगायतकाहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्