मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

राजनीतिक परामर्शका लागि भन्दै प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । यद्यपी यो मन्त्रिपरिषद बैठक भने नभएको बालुवाटार स्रोतले बताइएको छ ।

पार्टी र सरकार सही ढंगले चलाउन नसकेको, पार्टीभित्रको अन्तरविरोधलाई भारतसँग जोडेको भन्दै मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्