गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमित थपिए



पोखरा : गण्डकी प्रदेशमा बुधबार बिहान थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

नवलपरासीका १२, गोरखाका ३, कास्कीका १, स्याङ्जाका ८, बाग्लुङका ३ र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको डा विनोद विन्दु शर्माले जानकारी दिए ।

नवलपरासी र कास्कीका सबै संक्रमितलाई आईसोलेसन राखिसकिएको छ भने गोरखा शहिदलखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल, भरतपुरमा राखिएको छ । अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको शर्माले बताए ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्