नेकपाको स्थायी कमिटी बैठक शुरु



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । पाचौं दिनको बैठक केहीबेर अघि शुरु भएको बताइएको छ ।

कमिटी बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । यसअघि मंगलबारको बैठकमा अध्यक्ष दाहालसहित १७ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेका थिए ।

त्यसैगरि प्रधानमन्त्री ओलीले बुधबार बिहानमात्रै पार्टीका केही स्थायी कमिटी सदस्य र मन्त्रीहरुसँग परामर्श गरेका थिए । मंगलबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने तयारीमा ओली छन् ।

प्रतिक्रिया दिनुहोस्