शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित



काठमाडौं– प्रतिनिधि सभाको आज बुधबारको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले संसद बैठक स्थगित भएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले बैठकको शुरुमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक असार २२ गते दिउँसो १ बजेको लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्