कोरियन स्वादमा रहेको ‘हटपट चाउचाउ’ बजारमा



पोखरा : कोरियन चाउचाउको स्वादमा रहेको ‘हटपट चाउचाउ’ बजारमा आएको छ । पोखरा नुडल्सले डेढ वर्षको अनुसन्धानपछि फरक स्वादमा रहेको ‘हटपट चाउचाउ’ बजारमा ल्याएको हो ।
फरक स्वादको ‘हटपट’ चाउचाउ सोमबारदेखि पोखराको बजारमा ल्याइएको पोखरा नुडल्स प्रालीले जनाएको छ ।

पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डेका अनुसार कोरिया चाउचाउको स्वाद बढी रुचाइने भएकोले नेपाली र कोरियन स्वादको समीश्रणको रुपमा हटपट चाउचाउ बनेको हो ।

‘डेढ वर्षको अनुसन्धान पछि यो चाउचाउ बजारमा ल्याएका छौं । कोरियन र नेपाली स्वादको समीश्रण जस्तो छ । यो चाउचाउ सुख्खा बनाएर खाने नभई सुप बनाएर खाने चाउचाउ हो,’ उनले भने–‘सुप बनाउँदा एक प्याकेट चाउचाउमा ४०० देखि ४५० मिलिलिटर पानी राखेर पकाउँदा उत्कृष्ट स्वाद आउँछ । यसको सुपको स्वाद कोरियन फ्लेभरमा त छदैछ साथै चाउचाउको रेसा पनि कोरियन रामेनको जस्तो हुन्छ ।’

सोमबारदेखि पोखरामा बजारमा आएपनि काठमाडौं लगाएत अन्य ठाउँमा भने एक हप्तापछि उपलब्ध हुने पाण्डे बताए । १ सय ग्रामको प्याकेटमा हुने यो चाउचाउको मूल्य ५० रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्