निमित्त कार्यालय प्रमुख मल्लसहित ४ जना रंगे हात पक्राउ



दैलेखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनालाई घुस रकमसहित रंगे हात पक्राउ गरेको छ ।

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्लाको भगवतीमाई गाउँपालिका–३ सानटडा खोला तटबन्धन निर्माण सम्पन्न भएपछि भुक्तानी दिने बेला घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख मल्ल, सवइन्जिनियर विरेन्द्र चन्द, सवइन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट २ लाख ४१ हजार रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्