विवाह गरेको ५ दिनमै निर्जलाको शंकास्पद मृत्यु



काठमाडौंः राजधानीको कोटेश्वरमा एक महिलाको बुधबार बिहान शंकास्पद मृत्यु भएको छ ।

पाँच दिनअघि मात्र विवाह गरेकी २६ वर्षीया निर्जला भण्डारी छतबाट खसेर भुईमा बजारिएको र उपचारका क्रममा मृत्यु भएको बानेश्वर प्रहरी वृत्तका प्रमुख दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

उनको आत्महत्या हो कि हत्या हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । ‘घरको छतमा चप्पलको छाप देखिन्छ, परिवारले ठूलो आवाज आएर बाहिर हेर्दा निर्जला भुईमा बजारिएको अवस्थामा देखिएको बताएका छन्’–डीएसपी दक्षकुमार बस्नेतले भने ।

उनले घटनाका बेला निर्जलाका श्रीमान सुतिरहेको र अन्य सदस्य चिया खाइरहेको प्रारम्भिक जानकारी पाएको बताए । बुढानिलकण्ठकी निर्जलाको असार १३ गते कोटेश्वरका पराजुली थरका युवकसँग विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्