गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो



पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीवार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार १४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये बाग्लुङका १, स्याङ्जाका २, तनहुँका ३, पर्वतका २ जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्