गगन थापाले भने- नअल्मलिकन एक स्वरमा भनौं ‘इनफ इज इनफ’



काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले राष्ट्रको जिम्मेवारी लिएकाहरू जनता जोगाउन भन्दा पनि कुर्सी जोगाउन व्यस्त रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जिम्मेवारी लिएकाहरू जनता जोगाउन होइन आफ्नो कुर्सी जोगाउन व्यस्त रहेको धारणा व्यक्त गरेका हुन् ।

पाटन दरबार स्क्वायरमा सत्याग्रहमा बसेकाहरूलाई भेटेपछि उनले लेखेका छन्– ‘समाजलाई अनेक मुद्दामा ध्रुवीकृत गरेर अलमलाइरहेका छन्। तर, कोरोना भाइरस अलमलिएको छैन,आफ्नो काम गरिराखेको छ।’

त्यसैगरी उनले नअल्मलिकन सरकारलाई एक स्वरमा इनफ इज इनफ भन्न पनि आग्रह गरेका छन् ।

कोभिड–१९ को सबल व्यवस्थापनको माग गर्दै पाटन दरबार स्क्वायरमा गत १२ गतेदेखि सत्याग्रह भइरहेको छ । जेठ अन्तिम साता राजधानीसहित देशका विभिन्न सहरमा ‘इनफ इज इनफ’ अभियानले व्यापकता पाएको थियो, नागरिकको जीवनरक्षाका लागि सरकार निकम्मा बनेको भन्दै हजारौं युवा सडकमा ओर्लिएका थिए ।

तस्वीर गगन थापाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्