गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना संक्रमण पुष्टि



पोखरा : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये नवलपरासी पुर्वका १९, तनहुँका ९, पवर्तका ३, बाग्लुङका १ जना रहेका छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्