रूसमा ६ लाख ६१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी : ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ६ लाख ६१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १४७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार ६८३ पुगेको हो ।

एकै दिन ६ हजार ७६० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ६१ हजार १६५ पुगेको छ ।

२ लाख २२ हजार ५०४ जनाको उपचार भइरहेको छ भने ४ लाख २८ हजार ९७८ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्