आयुर्वेद औषधालयद्वारा रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधीहरु वितरण



जनकपुरधामः जनकपुरस्थित आयुर्वेद औषधालयले स्वस्थ्य जीवनशैली कार्यक्रमअन्तर्गत आज (शुक्रबार) धनुषाको लक्ष्मीनीया गाँउपालिकास्थित क्वारेन्टाइनमा रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधीहरु वितरण गरेको छ ।

गाउँपालिकाको वडा न.७ स्थित लक्ष्मीनीया जनता मा.वि.कुम्हडौरामा रहेको क्वारेन्टाइनका विरामीहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने शिलाजित, गुडुची चुर्ण, अश्वगन्धा चुर्ण, अमृत चियालगायतका औषधीहरु निः शुल्क वितरण गरिएको आयुर्वेद औषधालयका प्रमुख डा.सिमा झाले बताईन् ।

उनले कारोना महामारीको यस विकट समयमा जीवन शैली व्यवस्थित गर्न सकिए व्यक्तिले आफुलाई रोग लाग्नबाट बचाउनसक्ने भन्दै यसबारे सचेतनाका साथै त्यस क्वारेन्टाइनमा रहेका मानिसहरुलाई मानसिक चिन्ता र भय हटाउनका लागि योगासन,प्रणायाम र सुर्यनमस्कार लगायतका योगाभ्यास सिकाइएको बताईन् ।

कोरोना भाइरसबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि औषधालयबाट क्वारेन्टाइनमा रहेका व्यक्तिलाई निः शुल्क आयुर्वेदिक औषधी वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्