कोरोनाः थप एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो



काठमाडौंः कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणबाट काठमाडौंको बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।

असार १७ गते अस्पताल भर्ना भएका उनको आइसोलेसनमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेका उनी छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्