आज सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मकै बढि कोरोना संक्रमित



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज ४ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकै दिन ४ सय ८९ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय ४७ जना, शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा २ सय ७ जना र धनगढीको प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि भएको छ । पाटन अस्पतालको प्रयोगशालामा ६ महिला र ६० पुरुष गरी ६६ जना, बैतडीका ४ महिला र २८ पुरुष गरी ३२ जना, बाजुराका १२ महिला र ३५ पुरुष गरी ४७ जना, डोटीका ८ महिला र १६ पुरुष गरी २४ जना, कैलालीका १ महिला र ८ पुरुष गरी ९ जना, कञ्चनपुरका ९ महिला र २० पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

शिक्षण अस्पतालको प्रयोगशालामा अछामका ९ जना महिला र ३७ पुरुष गरी ४६ जना, डडेलधुराका ६ महिला र २२ पुरुष गरी २८ जना, बाजुराका १ महिला र ५ पुरुष गरी ६ जना, कैलालीका १ महिला र ११ पुरुष गरी १२ जना र कञ्चनपुरका ४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अछामका २० महिला र ९० पुरुष गरी १ सय १० जना, बैतडीका ४ पुरुष, बझाङका १ महिला र १० पुरुष गरी १३ जना, डोटीका ३ महिला र ८ पुरुष गरी ११ जना, कैलालीका २ महिला र ५ पुरुष गरी ७ जना र कञ्चनपुरका २ महिलामा कोरोना पुष्टि भएको छ ।

धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका २जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका ३ जना, मंगलसेन अछामका २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका १–१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ३५ पुगेको छ ।

देशका ७ वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रोमा छ । सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन् । सुदूरपश्चिममा कोरोना पुष्टि भएका ७ जनाको मृत्यु भएको छ भने ६ सय ८० जना अपहलेसम्म डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्