प्रदेश २ मा २३ जना संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार ५ सय ६७ पुग्यो



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार सबैभन्दा बढि धनुषामा १६ जना, महोत्तरीमा ६ जना र पर्सामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

आज (शुक्रबार) संक्रमित भएकाहरु मध्ये ४ जना महिला र १९ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ६७ पुगेको छ । संक्रमित मध्ये ३ हजार ३ सय ४३ पुरुष र २ सय २४ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु जनकपुरधाम उपमहानगरपालिका-४ स्थित गोपाल धर्मशाला क्वारेन्टाइनमा रहेका १६,१८ र ७० बर्षिया ३ महिला र १८ देखि २८ बर्ष उमेर समुहसम्मका ७ पुरुष, विदेह नगरपालिकास्थित दुहवी क्वारेन्टाइनका ३० बर्षिय एक पुरुष, लक्ष्मीनीया गाउँपालिकास्थित क्वारेन्टाइनका १८ देखि २५ बर्ष उमेर समुहका ३ पुरुष, शहिदनगर नगरपालिकास्थित यदुकुहा क्वारेन्टाइनका ४६ वर्षिय एक पुरुष र धनुषाधाम नगरपालिकास्थित क्वारेन्टाइनका ३० बर्षिया एक महिला रहेका छन् ।

महोत्तरीका संक्रमितहरु बलबा नगरपालिकास्थित धमौरा क्वारेन्टाइनमा रहेका १६ देखि ४५ बर्ष उमेर समुहका ५ पुरुष र लोहारपट्टी नगरपालिकास्थित भेरुखी मावि क्वारेन्टाइनका २६ बर्षिय एक पुरुष रहेका छन् । त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिकास्थित त्रिजुद्ध क्वारेन्टाइनमा रहेका ६८ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

प्रदेश भरीमा शुक्रबारसम्म ४४ हजार ६ सय ९३ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ५ सय ६७ जना संक्रमित भएका छन् भने ३७ हजार ४ सय ५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ५ सय ७४, सिरहामा ६ सय ४२, धनुषामा ३ सय ६९, महोत्तरीमा ५ सय ४०, सर्लाहीमा ३ सय ३२, रौतहटमा ६ सय ६१, बारामा २ सय ९९ र पर्सामा २ सय ५१ जना गरि कुल ३ हजार ६ सय ६८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (शुक्रबार) मात्रै सप्तरीमा ५४, सिरहामा १ सय ४८, धनुषामा १ सय ३६, महोत्तरीमा ५०, बारामा ४० र पर्सामा ३३ जना गरि कुल ४ सय ६१ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा २२, धनुषामा ३५, महोत्तरीमा ९१ र पर्सामा १ सय ९६ गरि जम्मा ३ सय ४४ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २१ हजार ५ सय ३१ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय २६, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ६२, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २० जना गरि कुल १ हजार १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २० हजार ५ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ६ सय ५ जनालाई राखिएको छ भने १८ हजार ७ सय ३१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ८ सय ७१ बेड क्षमताको आईसोलेशनमा ६ सय ५४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ६ सय ७१, सर्लाहीमा ६ सय २४, धनुषामा ४ सय १९, सप्तरीमा २ सय २, सिरहामा १ सय ७२, पर्सामा १ सय ६१ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४५ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १५ जना, महोत्तरीका ३ जना, सर्लाहीका १८ जना, रौतहटका ६ जना र बाराका ३ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ६२, धनुषाका २ सय ७९, महोत्तरीका १ सय ८८, सर्लाहीका ५ सय १५, रौतहटका ५ सय २५, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि १ हजार ९ सय ६८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्