सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले गरे आत्महत्या



बझाङः सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन् ।

बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं.७ मा रहेको लामागाडा प्रा.विको क्यारेन्टानमा बस्दै आएका उनले आज (शुक्रवार) आत्महत्या गरेका हुन् ।

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षिय युवकले आत्महत्या गरेका हुन् । जेठ १९ गते भारतबाट आएका उनी क्यारेन्टाइममा बसेका थिए ।

त्यहाँ रहेका २५ जना मध्ये कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा उनको मात्र पोजेटिभ देखीएको थियो ।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्