भारतीय पक्षको असहमती पछि मोहना आर्यघाटमा दाहसंस्कार गर्न नपाईने



धनगढीः धनगढी उप-महानगरपालिका वडा नं.२ को मोहना आर्यघाटमा दाहसंस्कार गर्न नपाईने भएको छ ।

धनगढी उप-महानगरपालिका वडा नं.२ ले सूचना जारी गर्दै उक्त आर्यघाटमा दाहसंस्कार गर्न निशेष गरीएको जानकारी गराएको हो ।

२ साता अघी मात्रै गौरीफन्टामा बसेको कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहित भारतीय अधिकारीको बैठकमा नेपालीहरुले दाहसंस्कार गरिरहेको मोहना आर्यघाटन क्षेत्र भारतमा पर्ने भएकाले त्यहाँ नगर्न भारतीय अधिकारीले आग्रह गरेका थिए ।

कैलालीको गोदावरी नगरपालिकाका कोरोना संक्रमितको मृत्यु भएपछि मोहना घाटमा शव व्यवस्थापन भएपछि भारतीय पक्षले असहमती जनाउँदै आएको थियो ।

स्थानीय प्रशासनको आग्रह अनुसार धनगढी उप-महानगरपालिकाले त्यसको बिकल्पको रुपमा धनगढी उप-महानगरपालिका वडा नं.९ र १ को बिचमा रहेको त्रिवेणी घाट र वडा नं.३ मा रहेको वालका मन्दिर पछाडीको घाटमा दाहासंस्कार गर्न नगरवासीमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्